
पुनर्वासमा सासू-बुहारीका बीच अन्तरक्रिया कार्यक्रम
पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयले सासू-बुहारीहरूका बीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
बुधवार महिला तथा बालबालिका शाखाको आयोजनामा पुनर्वास नगरपालिका १ वडा कार्यालयको सभा हलमा एक हजार दिनका महिलाहरू तथा परिवारका निर्णयकर्ताहरू (सासू-बुहारी) बिच एक दिने अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा रजस्वला अवस्था,गर्भवती अवस्था,सुत्केरी अवस्थामा बुहारी प्रति गरिएका व्यवहार र बुहारीले सासू प्रति देखाउने गरेको व्यवहारका विषयमा छलफल गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रिता मल्लले जानकारी दिइन् ।
उनले प्रायः सासू बुहारीको सम्बन्धमा टक्राब देखिने गरेको तर सम्बन्ध यस्तो नभई एकर्कामा सहयोग गर्ने किसिमको वातावरण हुनुपर्ने बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहनलाल रानाले सासू बुहारीहरूमा सम्बन्ध सुमधुर हुन जरुरी रहेको बताए ।