Above Article Ad
  • पुनर्वासमा काङ्ग्रेस देउवा पक्षको नगर कमिटीको जिम्मेवारी दिल बोहरा र सचिवमा युवा प्रवेश पौडेल

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासमा नेपाली काङ्ग्रेस देउवा पक्षको नगर कमिटी गठन भएको छ ।

    मंगलबार उद्योग वाणिज्य संघको सभाहलमा दिल बहादुर बोहराको नेतृत्वमा १४ सदस्यीय नगर कार्यसमिती गठन भएको हो ।

    Article inline ad #1
  • कार्यसमितिको उपसभापतिमा माया खड्का, गंगाराम राना,सचीवमा पुस्कल चन्द,प्रवेश पौडेल,सह-सचिवमा बिमला श्रेष्ठ,अग्नि प्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

    Article inline ad #2

    त्यस्तै सदस्यहरुमा निर्मला तमौली,दिल कुमारी चन्द,गोपाल नेपाली,बहादुर सायर,धना धामी,सुब्बा राना र जितबहादुर तामाङलाई चयन गरिएको हो ।

    सचिवमा सर्वसम्मत चयन भएका प्रवेश पौडेल नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल्ल विद्यार्थी संघमा सक्रिय युवा हुन् ।

    पौडेलले  पुनर्वास जनता क्याम्पसको यस अघिको स्ववियु निर्वाचनका उपसभापति पदमा रहि एक कार्यकाल पूरा गरेका थिए ।

    उनी पुनर्वासका विभिन्न विद्यालयमा लामो समय देखि शिक्षण पेशामा आवद्ध छन् ।

    पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका सक्रिय सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6