
प्रधानमन्त्रीको घोषणा : एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गरिने
उनका अनुसार आठवटै क्रिकेट रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण गर्नेछ। सुदूरपश्चिममा फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य सबै रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिने प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले विभिन्न क्लबका लागि प्रस्तावित घरेलु मैदानसमेत सार्वजनिक गरेका छन्। जसअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला, कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान घरेलु मैदानका रूपमा रहनेछन्।
आठवटै क्लबका आफ्नै फ्लडलाइटयुक्त रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुने सरकारको लक्ष्य देखिएको छ। यसले नेपाली क्रिकेटको पूर्वाधार विकाससँगै देशका विभिन्न क्षेत्रमा क्रिकेट गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














