गठबन्धनलाई हराउँदै काङ्ग्रेसको पुरै प्यानल सहित पुनः दोहोरिए अध्यक्षमा तुलसी अर्याल
हरिलाल जोशी
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-११ मा गठबन्धनलाई हराउँदै नेपाली काङ्ग्रेसको पुरै प्यानल पुनः दोहोरिएको छ ।
सोमबार बिहान अन्तिम नतिजा घोषणासंगै काङ्ग्रेसबाट वडाध्यक्षमा तुलसी अर्याल भारी मतका साथ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बलिराम चौधरीलाई हराउँदै दोस्रो कार्यकालका लागि पुनः पुरै प्यानल सहित विजयी भएका हुन् ।
वडाध्यक्षमा विजयी भएका अर्यालले ९२५ मत प्राप्त गरेका थिए । उनलाई पछ्याईरहेका प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार चौधरीले ६०५ मत मात्रै प्राप्त गरे ।
सदस्यहरुमा फुलन चौधरीले ८३२ मत , दलित महिला सदस्य मनमाया सुनारले ८७७ मत, प्रदीप सिंह ८२९ मत र पदम सिंह धामीले ८२६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यस्तै मेयरमा एमालेका पदम पुजारालाई ५ हजार ३ सय ३२ मतले हराउँदै नेपाली काङ्ग्रेसका तोयप्रसाद शर्माले १० हजार ६ मत प्राप्त गर्दै विजयी भएका छन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादीका धोखे रानालाई १ हजार ८ सय ५३ मतले हराउँदै काङ्ग्रेसकै भुलिया कुमारी राना उपमेयरमा विजयी भएकी हुन् ।
पुनर्वासका ११ वटै वडामा नेपाली काङ्ग्रेस मेयर,उपमेयर सहित ४ वडामा विजयी भएको छ । ३ हजार १ सय २८ मतदाता रहेको सो वडामा २ हजार २ सय ४५ मत मात्रै खसेको थियो ।