Above Article Ad
  • पुनर्वासमा प्रहरीकै सक्रियता बीच बढ्न थाले चोरीका घटना

    Above Article Content Ad
  • कञ्चनपुर — कञ्चनपुरको पुनर्वासमा पुनः चोरी तथा लुटपाटका घटनाहरु देखिन थालेका छन् ।

    सोमबार पुनर्वासका फरक-फरक दुई स्थानमा चोरीका घटना सार्वजनिक भएका छन् ।

    Article inline ad #1
  • गएराती पुनर्वास नगरपालिका–५ मा रहेको श्री साना किसान कृषि सहकारी संस्था लिमिटेडमा अज्ञात समूहद्वारा चोरी भएको छ।

    Article inline ad #2

    सहकारीकि व्यवस्थापक कल्पना चापागाईले अनुसार लकरको ताला तोडेर लकरमा राखिएको  २ लाख ६२ हजार २१ रुपैयाँ चोरी भएको र अन्य कागजातमा क्षति भए नभएको हेर्न बाँकी रहेको जानकारी दिनुभयो।

    चोरले कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा समेत फुटाएको  उहाँको भनाई छ ।

    त्यस्तै,  पुनर्वास नगरपालिका-३,आइ.बि.आर.डि.मा सोही रात व्यवसायी नारायण पनेरुको पसलमा समेत एक अज्ञात व्यक्ति घरको माथिल्लो तलामा फेला परेका थिए ।

    आफुले थाहा पाएर हेर्दा मान्छे देखे,चिच्याउदा उसले माथीबाट हाम फालेर भाग्यो । ठूलै योजनामा घरभित्र प्रवेश गरेका ती चोरको योजना असफल भएको किराना व्यवसायी पनेरूले जानकारी दिनुभयो ।

    यसरी बन्द घरको माथी पर्खालबाटै चोर पसेपछी असुरक्षित महशुस भएको उहाँले बताउनुभयो ।

    केही समय चोरीका घटनाहरूमा कमि देखिएपनि  हिजो आज पुनः लुटपाट र चोरीका घटनामा वृद्धि भईरहेको देखिन्छ ।

    एक हप्ता अघि मात्रै एक भारतीय नागरिकबाट नगद १५ हजार र साईकल पुनर्वासको पैसट्ठी विघा नजिकै आईबीआरडी जाने सडक खण्डमा लुटपाट भएको थियो । पेट्रोलपम्पको सिसिटिभी भिडियोमा हेर्दा युवक देखिएपनी प्रहरीले भने युवकको खोजी कार्य भईरहेको बताएको छ ।

    चोरीका घटनाहरू देखिन थालेपछि इलाका प्रहरी कार्यालय बस्तीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीसंग बुझ्दा प्रहरीको सक्रियतामा कुनै कमी छैन । रातभर गस्तीमा टोली खटिएकै हुन्छौं । यस्ता घटनामा हामी सबै सचेत हुनुपर्ने  जानकारी दिनुभयो ।

    साना किसान सहकारीको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    एकैदिन दुई ठाउँमा चोरीका घटना देखिएपछि पुनर्वासका स्थानीय तथा व्यवसायीमा त्रास बढेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6