Above Article Ad
  • कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ

    Above Article Content Ad
  • महेन्द्रनगर-कञ्चनपुरमा कटुवा पेस्तोलसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीबाट उनीहरूलाई पक्राउ गरिएको हो।

    पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–९ का २० वर्षीय पारस रोकाया, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेशा सिंह र भीमदत्त नगरपालिका–६ का २० वर्षीय राजेन्द्रसिंह गोयला रहेका छन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामा सोधपुछ तथा चेकजाँच गरेको थियो। त्यस क्रममा उनीहरूको मोबाइलमा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको प्रहरीले जनाएको छ।

    Article inline ad #2

    थप अनुसन्धानका क्रममा बिपिन सिंहको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकस्थित डेरा कोठामा रीतपूर्वक खानतलासी गर्दा लुकाइछिपाइ राखेको कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।

    बरामद पेस्तोलसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6