पुनर्वासमा नेकपा एमाले जिताउन घरदैलोमा पुगे जिल्ला अध्यक्ष,ईन्चार्ज र प्रदेश सभा सदस्य
पुनर्वास– बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताउन घरदैलोमा नेताहरुको सहभागिता बढ्न थालेको छ ।
मंगलबार पुनर्वास नगरपालिका–६ मा हुँदै गरेको मेयर, उपमेयर र वडाध्यक्ष सहितको टिमको घरदैलोमा सुर्य चिन्हमा मत माग्न कञ्चनपुरका ईन्चार्ज तथा पोलिट ब्यूरो सदस्य निरु पाल, अध्यक्ष सुरेन्द्र बिष्ट, उपमेयर शारदा बिष्ट र प्रदेश सभा सदस्य माननीय ईन्दु कडरिया मतदातासँग पुगेका छन् ।
अहिलेको निर्वाचनमा पनि देशभर एमालेलाई पहिलो पार्टी बनाउने प्रयत्नमा कार्यकर्ता र नेताहरु मतदाताका घरदैलोमा पुग्ने गरेको पाईन्छ ।
मेयर पदका उम्मेदवार पदम पुजारा र उपमेयर पदका उम्मेदवार सुशिला खत्री वडाका टिमहरुसँग एमाले गरिब जनताको पार्टी, बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता बढाउने पार्टी जस्ता थुप्रै नारा सहित यतिबेला पुनर्वासका सबै वडाहरुमा मतदाताहरुसँग मत माग्दै घरदैलोमा पुगेका छन् ।