Above Article Ad
  • सुदूरपश्चिममा गत वर्ष विपद्का ९६४ घटनामा ३६ जनाको मृत्यु, १५ करोड बढीको क्षति

    Above Article Content Ad
  • धनगढी- सुदूरपश्चिम प्रदेशमा गत वर्ष प्राकृतिक विपद्का ९६४ घटनामा ३६ जनाले ज्यान गुमाएका छन्।

    प्रदेशको गत आर्थिक वर्ष २०८२ साउन १ गतेदेखि २०८३ असार ३१ गतेसम्मको अवधिमा विपद्का कारण ठूलो परिमाणमा मानवीय तथा भौतिक क्षति भएको हो। प्रदेशमा सोही अवधिभर प्राकृतिक विपदबाट १५ करोड २४ लाख ६६ हजार ९ सय मूल्यको धनमाल नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

    Article inline ad #1
  • विवरण अनुसार विपद्का घटनामा परि १६ पुरुष र २० महिला गरी कुल ३६ जनाले ज्यान गुमाएका छन् भने १ जना पहिरोमा परी बेपत्ता भएका छन्। यस्तै, १५४ पुरुष र १९१ महिला गरी कुल ३४५ जना घाइते भएका छन्। विपद्का कारण प्रदेशभरका १ हजार ५ सय ४१ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

    Article inline ad #2

    भौतिक क्षतिको विवरण हेर्दा २०७ वटा घरमा आंशिक र ८३ वटा घरमा पूर्ण क्षति पुगेको छ। साथै, ९५ वटा गोठ र ५६६ पशुचौपायाको क्षति भएको छ। प्रदेशमा विपद्का सबैभन्दा धेरै मानवीय क्षति सर्पदंशका कारण भएको छ। २१२ वटा सर्पदंशका घटनामा ५ पुरुष र ८ महिला गरी १३ जनाको मृत्यु भएको छ भने २०३ जना घाइते भएका छन्। यसबाट २१५ परिवार प्रभावित भएका छन्।

    यस्तै ३३८ वटा आगलागीका घटनामा ४ पुरुष र ४ महिला गरी ८ जनाको मृत्यु भएको छ। ३८ जना घाइते भएका छन्। आगलागीबाट ३६६ परिवार प्रभावित भएका छन् भने ४१ आंशिक र २९ पूर्ण घर क्षति भएका छन्। आगलागीबाट सबैभन्दा बढी १४ करोड ५ लाख १६ हजार ४ सय रुपैयाँको आर्थिक क्षति भएको छ।

    प्रदेशमा जनावर आतंकको ९८ वटा घटनामा ५ जनाको मृत्यु र ३४ जना घाइते भएका छन्। १७१ परिवार प्रभावित हुनुका साथै १३१ पशुचौपायाको क्षति भएको छ। यसैगरी भारी वर्षाको ६३ वटा घटनामा ४ जना महिलाको मृत्यु भएको छ भने २८ लाख २० हजार रुपैयाँको क्षति भएको छ। त्यसैगरी, २२ वटा बाढीका घटनाबाट २ जनाको मृत्यु भएको छ र ४०१ परिवार प्रभावित भएका छन्। बाढीका कारण २४ वटा घरमा पूर्ण क्षति पुगेको छ भने २९ लाख रुपैयाँको आर्थिक क्षति भएको छ।

    ४२ वटा चट्याङ्गका घटनामा १ जनाको मृत्यु र ३६ जना घाइते भएका छन्। चट्याङ्गका कारण २१७ पशुचौपायाको क्षति भएको छ। पहिरोका ४६ वटा घटनामा १ जना बेपत्ता र ११ जना घाइते भएका छन् भने ७२ परिवार प्रभावित भएका छन्। पहिरोबाट ३६ लाख १५ हजार रुपैयाँको क्षति भएको छ। १०६ वटा हावाहुरीका घटनामा १३ जना घाइते भएका छन् भने १३५ घरमा आंशिक क्षति पुग्दै १९ लाख ७६ हजार ४ सय रुपैयाँको क्षति भएको छ।

    प्रदेशमा अन्य घटनाहरू डुङ्गा पल्टिएर २ जनाको मृत्यु भएको छ। जङ्गल आगलागी (३१ घटना), लेक लाग्नु (३ घटना), हिउँपहिरो (१ घटना) र अन्य विपद्का घटनाहरूबाट पनि सर्वसाधारण प्रभावित भएका धनगढी केन्द्रले संकलन गरेको विवरणमा उल्लेख छ। तथ्याङ्क अनुसार विपद्का घटनाहरूमध्ये सर्पदंश र आगलागीबाट सबैभन्दा बढी मानवीय तथा धनजनको क्षति भएको देखिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6