
बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लाग्दा एक युवतीको घटनास्थलमै मृत्यु
Above Article Content Ad
बैतडी – बैतडीमा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लाग्दा एक युवतीको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द नगरपालिका–१ कलौनकी २२ वर्षीया अस्मिता भट्टको मृत्यु भएको हो। उनी सोमबार बिहान घाँस काट्न सुर्नया गाउँपालिका–२ स्थित कैलडाँडा पुगेकी थिइन्।
Article inline ad #1
घाँस काट्ने क्रममा जमिन भासिएर माथिबाट ढुङ्गा खस्दा बिहान करिब ९ः३० बजे ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहका अनुसार मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















