Above Article Ad
  • लालझाडी गाउँपालिका पर्यटन,पूर्वाधार र सेवा प्रवाहमा नमुना बन्दै

    Above Article Content Ad
  • अत्तरिया- कञ्चनपुरको दक्षिण भूभागमा रहेको लालझाडी गाउँपालिका पछिल्लो समय पर्यटकीय, भौतिक पूर्वाधार र सेवा प्रवाहको क्षेत्रमा उल्लेखनीय फड्को मार्दै अगाडि बढेको छ। विशेषगरी यहाँको लालझाडी पार्क अहिले सुदूरपश्चिम प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै आएको छ।

    पुनर्वास नगरपालिकाको १० नम्बर वडा भीम बस्तीबाट लालझाडी जाने सडकखण्डमा यात्रा गर्दा झल्किने हरियाली र आकर्षक संरचनासहितको पार्कले जो–कोहीको ध्यान खिच्न सक्षम भएको छ। अहिले यो पार्क सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्थानीय पर्यटन प्रवर्द्धनको केन्द्रबिन्दु बन्दै पर्यटकीयहरूलाई लोभ्याई रहेको छ।लालझाडी पार्कको प्रारम्भिक निर्माण तत्कालीन मन्त्री बिना मगरको पहलमा भएको हो। पछि संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन हुँदै आएको भए पनि यसको वास्तविक विकासको मूल जिम्मेवारी गाउँपालिकाले बोकेको पाइएको छ।

    Article inline ad #1
  • गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार, पालिकाले पार्कलाई आफ्नो नीति तथा बजेटभित्र समावेश गर्दै क्रमिक रूपमा विकास गरिरहेको छ। उहाँ भन्छन्, “हामी लालझाडी पार्कलाई केवल पर्यटकीय आकर्षण होइन, स्थानीय समृद्धिको स्रोतको रूपमा समेत हेरेकाे अध्यक्ष रानाले भने।”

    Article inline ad #2

    अध्यक्ष रानाले आफ्नो तीन वर्षे कार्यकालमा गाउँपालिका भित्र उल्लेखनीय विकास कार्यहरू सम्पन्न भएको जानकारी दिएका छन् । २५ किलोमिटर कालोपत्रे सडक निर्माणसँगै थुप्रै ग्रामीण सडकमा ग्राभेल र पानी पिज गरेर स्थानीय बासीहरूलाई जुन खालको सडक सञ्जालबाट शास्त्री खेपिरहेका थिए। त्याे कुरालाई मध्यनजर गर्दै आफूले काम गरेको बताएका छन्। त्यसका साथै स्वास्थ्य सेवा विस्तार अन्तर्गत प्रत्येक वडामा वर्थी सेन्टर स्थापना निर्माण गरेको बताएका थिए। शिक्षामा नवप्रवर्तन गर्दै आफुले भानुमाविमा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन, शारदा माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा रूपान्तरण गर्दै अगाडि बढेर शिक्षा क्षेत्रमा पनि परिवर्तन ल्याएको उहाँले बताएका हुन् ।

    साथै, अध्यक्ष रानाका अनुसार, १० शैयाको अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक उपकरण र डाक्टर अभावकै कारण अस्पताल सञ्चालनमा ढिलाइ भएको भए पनि यस वर्षभित्रै सेवा सुरु गर्ने लक्ष्य राखिएको समेत उहाले बताए ।

    गाउँपालिकाले लागू गरेको एक घर–एक घरमूली बीमा कार्यक्रम विशेष उल्लेखनीय छ। यस कार्यक्रम अन्तर्गत पाँच हजार घरधुरीका अभिभावकहरूलाई बीमाको पहुँच दिइएको बताएका थिए । “घरमा कुनै आपत परेमा बीमा कार्यक्रमले ठूलो राहत दिन सक्छ, त्यसैले हामीले यसलाई विशेष प्राथमिकता दिएका छौँ,” अध्यक्ष राना भन्छन्।त्यस्तै, एम्बुलेन्स सेवा निःशुल्क, अस्पतालको ल्याब परीक्षण सेवा नि:शुल्क बनाइएको छ, जसले आम जनतालाई गुणस्तरीय सेवा पाउन सहज बनाएको र सबै आमवासीहरू  स्वास्थ्यको पहुँचमा पुगुन् भन्ने उद्देश्यले लागू गरेर सेवा दिइरहेको बताएका थिए।

    लालझाडी क्षेत्र कृषिप्रधान भएकाले पालिकाले कृषिमा विशेष जोड दिएको छ। बोरिङ प्रणालीको विस्तार,कृषि औजार तथा सामग्री वितरण, सिंचाइ सुविधाको पहुँच सुधार यी पहलहरूले कृषकहरूलाई आत्मनिर्भर र व्यवसायमुखी बनाउने आशा गरिएको उहाँको भनाइ थियोे ।शिक्षा क्षेत्रलाई व्यवहारिक बनाउने उद्देश्यले “पढौं–कमाऔं” कार्यक्रम अन्तर्गत विद्यालयस्तरमै माछापालन, बेदबास सामग्री उत्पादन र कपी उद्योग सञ्चालन गरिएको छ। यसले विद्यार्थीहरूलाई सीपमूलक शिक्षा र आर्थिक उत्पादनतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्न पालिकाले वडास्तरमा योजना माग सुझाव संकलन गरिसकेको छ। अब केही दिनमै वडास्तरीय र त्यसपछि पालिकास्तरीय भेलाको आयोजना गरेर बजेट र कार्यक्रमको टुंगो लगाइने अध्यक्ष रानाले जानकारी दिए ।लालझाडी गाउँपालिका केवल एक प्रशासनिक इकाई होइन, यो आज पर्यटन, सेवा र समृद्धिको गतिशील प्रयोगशाला बन्दै गएको छ। पूर्वाधार निर्माणदेखि सामाजिक सुरक्षासम्म, कृषि आधुनिकीकरणदेखि सीप विकाससम्म सबै क्षेत्रमा देखिएको सकारात्मक परिवर्तन स्थानीय नेतृत्वको प्रतिबद्धता र जनताको सहभागिताको प्रतिफलको प्रमुख उद्देश्य रहेको देखिन्छ।

    यस क्षेत्रको समग्र विकासले सन्देश दिन्छ । जब स्थानीय सरकार संकल्पित हुन्छ, तब समृद्धिका सपना साकार हुने दिशामा अघि बढेको पाईन्छ ।

    ई-टाईगर न्युजबाट साभार

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by