
कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु
Above Article Content Ad
धनगढी । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ ।
कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए ।
Article inline ad #1
मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad