
कैलाली र कञ्चनपुरबाट लागूऔषधसहित ९ जना पक्राउ
कैलालीको भजनी नगरपालिका–६ नवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ८२० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–५ बस्ने २० वर्षीय अमर डगौरा थारु र २० वर्षकै रोहित कुमार चौधरी रहेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको छ।
यसैगरी, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध ७० मिलिग्रामसहित गोदावरी नगरपालिका–३ बस्ने २६ वर्षीय कृष्ण रावललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले उनले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८५४ नम्वरको अटोलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, अटोसहित पक्राउ गरेको छ।
यसैगरी, कैलाली गोदावरी नगरपालिका–८ श्रीपुर स्थित भित्र सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन १४० मिलिग्राम सहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय निर्मल चौधरी र २७ वर्षीय कालु राम चौधरी र धनगढी उपमहानगरपालिका–५ बस्ने १८ वर्षीय किशोरी रहेका छन्। प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१–०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार तीनै जनालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने वर्ष २४ वर्षीय भिम सिँह धामी, सोही नगरपालिका–७ बस्ने ३१ वर्षीय देबेन्द्र बहादुर चन्द र नरेश मल्ल रहेका छन्।
लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले डीएल ८ सीबिएल ०९२३ नम्बरको भारतिय कार रोकि राखेको अवस्थामा कार तथा उनीहरुलाई खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ छ















