
नेकपा माओवादी निकट संगठन दलित मुक्तिमोर्चा पुनर्वासको प्रथम नगर बैठक सम्पन्न
पुनर्वास
नेकपा माओवादी केन्द्र पार्टी निकट नेपाल दलित मुक्तिमोर्चा पुनर्वासको प्रथम नगर बैठक मंगलबार सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका १० विकासबस्ति स्थित कचहरी सभाहलमा आयोजीत मोर्चाको प्रथम नगर बैठक सम्पन्न भएको हो ।
भेलाले हेमलाल सुनारको अध्यक्षतामा ११ सदस्यीय वडा नम्बर १० स्तरिय वडा कमिटी गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा तिलखी भुल, सचिवमा निलम लुहार , कोषाध्यक्षमा भगवती बिक तथा सदस्य हरूमा पार्वती बिक , गंगा पार्कि , जय बहादझबिक , बुद्धि बहादुर सुनार , शेर बहादुर टमटा , निर्मला बिश्वकर्मा र केशु भुल रहेका छन ।
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले नेकपा माओवादी पार्टी लाई जनताको पार्टी को रूपमा विकास गर्दै पार्टी लाई एक ढिक्का बनायर लैजाने बताउनुभयो । जनताका हरेक पिर मर्का सम्बोधन गर्दै जातीय विभेद को अन्त्यको निमित्त तथा समतामूलक समाज निर्माणका निमित्त पार्टी ले सक्रियता को भुमिका निर्बाह गर्ने कार्यक्रम का वक्ताहरूले जोड दिएका थिए ।
दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी अध्यक्ष मदन बिकको अध्यक्षतामा भएको कार्यक्रम मा नेकपा माओवादी का केन्द्रीय सदस्य लोकेन्द्र लम्साल प्रमुख अतिथि रहेका थिए , बिशिस्ट अतिथि मा पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव रामबहादुर देउकर (रक्तबिज ) रहेका थिए भने अतिथि मा प्रदेश कमिटी सदस्य दिपक विसी , मुक्तिमोर्चा का केन्द्रीय सदस्य तथा कञ्चनपुर सचिव सहबिर सुनार , मोर्चाका केन्द्रीय सदस्य पुर्णिामा राई , चक्र रैकाल , मानसिंह एस के , नेकपा माओवादी पुनर्वास नगर कमिटी अध्यक्ष धोखे राना , जिल्ला कमिटी सदस्य तथा पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिक , शिक्षक संगठन जिल्ला कमिटी सदस्य दानबहादुर सुनार , पार्टीका संगठन बिभाग सदस्य श्याम परियार लगायत अतिथि रहेका थिए । दलित मुक्तिमोर्चा पुनर्वास नगर कमिटी सदस्य यम बहादुर सुनारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन उपाध्यक्ष हरिकृष्ण ताम्राकारले गरेका थिए ।