
पुनर्बासमा प्रसूति स्वास्थ्य केन्द्र तीव्र गतिमा निर्माण हुँदै
Above Article Content Ad
पुनर्बास— कंचनपुर को दक्षिण भेग पुनर्बास नगरपालिका–११ मा प्रसूति स्वास्थ्य केन्द्रको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
स्थानीय महिलाहरूलाई सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देश्यले निर्माण भइरहेको यो केन्द्रले गर्भवती महिलाहरूलाई आवश्यक स्वास्थ्य सुविधा उपलब्ध गराउने वडा अध्यक्ष ११ तुलसी अर्याल ले जानकारी दिए । स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक स्रोतसाधन जुटाइ स्थानीय तहको सहकार्यमा काम अघि बढाइएको छ।
नेपाल सरकारको स्वास्थ्य पूर्वाधार विकास मापदण्डअनुसार निर्माण भइरहेको यस केन्द्रले खोप, गर्भ जाँच, परिवार नियोजन, प्रसूति सेवा र नवजात शिशु हेरचाह जस्ता सेवाहरू प्रदान गर्ने १० नम्बर वडा अध्यक्ष सुकदेब राना ले लक्ष्य राखेको बताएका छन। स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि गाउँमै सुरक्षित मातृत्व सेवा पाउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने योजनाअन्तर्गत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेको जनाएको छ। पुनर्बास–११ मा बन्ने यो प्रसूति केन्द्रले पुनर्बास १ देखि ११ सम्म का र विशेष गरि १० र ११ को सगै जोडिएको पालिका लालझाडी का स्थानीय महिलाहरूलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad














