Above Article Ad
  • सुनसरी घटनाको असर : सिरहामा राजमार्ग अवरुद्ध, यातायात प्रभावित

    Above Article Content Ad
  •  

    काठमाडौँ -सिरहाको कसाहा स्थित पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । हिन्दु सम्राट्को नेतृत्वमा उपस्थित भएका हिन्दुवादीहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

    Article inline ad #1
  • सिरहाको धनगढी नगरपालिका वडा नम्बर–८ स्थिह कसहामा अवरुद्ध राजमार्ग खुलाउन समन्वय भइरहेको सिरहाका एसपी बासु पाठकले रातोपाटीलाई बताए ।

    Article inline ad #2

    साउन १० मा राति सुनसरीको दोवानगञ्ज गाउँपालिका वडा नम्बर–३ को कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा झडप हुँदा एक जनाले ज्यान गुमाएका थिए । सुरक्षाकर्मीको गोली लागेर देवानगञ्ज–४ घर भएका ३० वर्षीय ओम प्रकाश मेहताले ज्यान गुमाएको विरोधमा हिन्दुवादीले सिरहामा पनि प्रदर्शन गरेका हुन् ।

    सोमबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुनसरी घटनाको असर अन्यत्र फैलिन नदिन पूर्व सतर्कता अपनाउने निर्णय गरेको थियो । सुनसरीमा भएको झडपमा परेर अरू ९ जना स्थानीय घाइते भएका छन् । घाइतेहरूमध्ये दुई जनालाई गोली लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक जना अधिकृतले रातोपाटीलाई बताए । दुई जना स्थानीयको अवस्था गम्भीर छ ।  झडपमा इन्स्पेक्टर राकेश राई सहित १० जना र सशस्त्रका १० जना सुरक्षाकर्मी घाइते भएका थिए ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6