Above Article Ad
  • सुदूरपश्चिम रोयल्सले भारत र पाकिस्तानका दुई खेलाडी थपे

    Above Article Content Ad
  • काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका २८ खेल सकिएका छन्। मंगलबारबाट प्लेअफका खेल सुरू हुँदैछन्।

    प्लेअफअन्तर्गत मंगलबार अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

    Article inline ad #1
  • यो खेल एनपिएलको अर्को बहुप्रतिक्षित खेलको रूपमा रहेको छ। किनभने अंक तालिकाका शीर्ष दुई टोलीबीचको भिडन्त हेर्न लायक हुनेछ।

    Article inline ad #2

    दुवै टोलीले लिगको अन्तिम खेलमा एक अर्काविरूद्ध खेलेका  थिए। लिगको अन्तिम खेलमा विराटनगरले सुदूरपश्चिमविरूद्ध १४८ रनको लक्ष्य ११.५ ओभरमै पूरा गरेर सनसनी मच्चाएको थियो।

    खेलमा दक्षिण अफ्रिकी ब्याटर फाप डु प्लेसिसले विराटनगरका लागि १९ बलमै अर्धशतक पूरा गरेका थिए।

    सो खेलमा सुदूरपश्चिमका क्रिस लिगसहित स्कट कुगेइलिनले खेलेका थिएनन्। घाइते भएका लिनले एनपिएलका बाँकी दुवै खेल गुमाउने भएका छन्।

    अर्का ओपनिङ ब्याटर जश ब्राउनले पनि सुदूरका लागि बाँकी खेल गुमाउने भएका छन्। ब्राउन बिग ब्यास लिग खेल्न अस्ट्रेलिया फर्कदा लिन भने घाइते भएपछि आफ्नो देश अस्ट्रेलिया फर्किए।

    दुई ब्याटर गएसँगै सुदूरपश्चिमले बाँकी खेलका लागि भारतका सेलडन ज्याकसनलाई भित्र्याएको छ। भारतको सौराष्ट्रका ३९ वर्षीय विकेटकिपर ब्याटर ज्याकसनले कोलकता नाइटराइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबाट आइपिएलस समेत खेलेका थिए।

    कोलकताबाट ९ खेलमा आइपिएल खेले पनि उनले उल्लेख्य प्रदर्शन गर्न भने सकेका थिएनन्। पछिल्लो समय उनले सौराष्ट्रबाट रणजी ट्रफी खेलेका थिए।

    सुदूरपश्चिमले पाकिस्तानबाट खेलिसकेका मख्तर मानियालाई पनि भित्र्याएको छ। सुदूरपश्चिमका अनुसार उनले टी-२० क्रिकेटमा तीन शतक प्रहार गरिसकेका छन्। पछिल्लो समय उनले अमेरिकाबाट व्यवासायिक क्रिकेट खेल्दै आएका छन्।

    अंक तालिकामा सुदुरपश्चिम रोयल्स ७ खेलबाट ६ जित निकाल्दै १२ अंक जोडेर शीर्ष बन्यो। दोस्रो स्थानको विराटनगर किंग्स र तेस्रो स्थानको काठमान्डु गोर्खाजले ५-५ जित निकाल्दै १० अंक जोडे। रनरेटमा भने विराटनगर अघि रह्यो।

    चौथो बनेको लुम्बिनीले ४ जित र ३ हार ब्यहोर्‍यो भने ८ अंक जोड्यो। यी चार टोली प्लेअफमा पुगे। अंक तालिकामा पोखरा एभेन्जर्स पाँचौ भयो। उसले ६ अंक जोड्यो। कर्णाली ४ अंकसहित छैटौं, चितवन राइनोज पनि ४ अंकसहित सातौं र जनकपुर बोल्ट्स २ अंकसहित आठौं भए।

    सुदूरपश्चिम र विराटनगरबीच मंगलबार हुने पहिलो क्वालिफायर खेलको विजेता फाइनल पुग्नेछ। पराजित हुने टोलीले बिहिबार हुने दोस्रो क्वालिफायरमा मौका पाउनेछ।

    बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ। जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता पनि शनिबार हुने फाइनलमा पुग्नेछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6