
मुक्का प्रहार प्रकरणः पत्रकार कुँवर महासंघको सदस्यताबाट निलम्बित
Above Article Content Ad
धनगढी-नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले पत्रकार ऐश्वर्य कुँवरलाई सदस्यताबाट निलम्बन गरेको छ।
महासंघका अनुसार पत्रकार आचरणविपरीत कार्य गरेको भन्दै ‘नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५)’ को परिच्छेद ५ को दफा १८(३) को ‘च’ बमोजिम उनलाई निलम्बन गरिएको हो।
Article inline ad #1
कुँवरले असार ७ गते दिउँसो भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटामाथि दुर्व्यवहार तथा हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवाद चुलिएको थियो। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
Article inline ad #2
सामाजिक सञ्जालमा ‘एके३ टिभी’ नामक फेसबुक पेज सञ्चालन गर्दै आएकी कुँवर यसअघि पनि प्रहरी नियन्त्रणमा पुगेकी थिइन्।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















