Above Article Ad
  • धनगढीको ६ होटलबाट ३० जना पक्राउ

    Above Article Content Ad
  • धनगढी-धनगढीको विभिन्न होटलबाट ३० जना पक्राउ परेका छन्। शुक्रबार कैलाली प्रहरीले १७ जना महिला र १३ जना पुरुषलाई विभिन्न होटलबाट नियन्त्रणमा लिएको हो।

    होटलहरूमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएपछि प्रहरीले त्यस्तो गतिविधिमा संलग्न भएको आशंकामा ३० जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरसँग बताए। उनले स्थानीयको गुनासोको आधारमा प्रहरीले होटल सञ्चालकसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताए।

    Article inline ad #1
  • प्रहरीका अनुसार धनगढीको मिलनचोकस्थित कर्णाली एण्ड लजबाट सञ्चालक र स्टाफसहित ८ जना पक्राउ परेका छन्। यस्तै, बसपार्कको एभरेस्ट होटल, एलएनचोकको नजिकैको प्रिन्स होटल, क्याम्पस रोडको एएम एण्ड ए होटल, ब्ल्याक स्टोन कटेज र सम्झना होटलबाट महिला र पुरुष गरी ३० जना पक्राउ परेका हुन्।

    Article inline ad #2

    पक्राउ परेकाहरू सबै अहिले प्रहरी नियन्त्रणमा रहेको डिएसपी तिमिल्सिनाले बताए। उनीहरूमाथि कानुनअनुसार अनुसन्धान भइरहेको उनले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6