Above Article Ad
  • सुनसरीमा बाढीका कारण एक हजार बढी घर प्रभावित

    Above Article Content Ad
  • सुनसरी- गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन्

    बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी,        बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा एक हजार ३७० घर प्रभावित भएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।

    Article inline ad #1
  • जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले पाँच हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उनले बताए । प्रभावित घरमा पानी प्रवेश गर्नुकासाथै आंशिक रुपमा क्षति पुगेको प्रहरी उपरीक्षक थेबेले बताए । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको जनाएको छ ।    सदरमुकाम इनरुवामा २०० परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोला र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुरसहित दर्जनौँ बस्ती डुबानमा परेको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by