Above Article Ad
  • बैतडीका चार विद्यालयको नतिजा शून्य

    Above Article Content Ad
  • बैतडी-माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा बैतडी जिल्लाका चार विद्यालयले नतिजा शून्य आएको छ।

    पुर्चौंडी नगरपालिकास्थित महादेव माध्यमिक विद्यालय त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय माध्यमिक विद्यालय कफाडी, शिवपूर्ण माध्यमिक विद्यालय र दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत माध्यमिक विद्यालयको परीक्षाफल शून्य आएको छ। सरस्वती संस्कृत माविले अघिल्लो वर्ष पनि शून्य नतिजा हासिल गरेको थियो।

    Article inline ad #1
  • शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले अघिल्लो वर्ष जिल्लाका १८ विद्यालयको नतिजा शून्य रहेकोमा यसपटक नतिजामा केही सुधार आएको बताए। शिक्षा क्षेत्रको समग्र सुधारका लागि स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीबिच थप समन्वय र सक्रियता आवश्यक देखिएको छ। संस्कृत शिक्षा प्रवाह गर्ने विद्यालयले समेत दोहोरो शून्य नतिजा ल्याएको प्रसङ्ग शिक्षा नीतिको पुनरवलोकन र विद्यालय सञ्चालनको अनुगमनमा जोड दिनुपर्ने सङ्केत हो।

    Article inline ad #2

    विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा पहुँच, सिकाइ सुधार, शिक्षकको जिम्मेवारी तथा विद्यालय व्यवस्थापनको प्रभावकारितामाथि विशेष ध्यान नदिँदा यस्ता परिणाम दोहोरिन सक्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6