Above Article Ad
  • “कैलाली भन्सारको ब्यारियलका कारण कञ्चनपुरबासी अनागरिक भयौ ।” सामाजिक अभियान्ता गिरी

    Above Article Content Ad
  • पुनर्वास–कैलाली भन्सार कार्यालयले सुरक्षाका लागि लगाएको ब्यारियलले कञ्चनपुर बासीलाई अनागरिक बनाएको भन्दै सहजताको माग अघि सारेका छन् ।

    आईतबार बेलौरी घर भएका सामाजिक अभियान्ता धर्मेन्द्र गिरी लगायतको टिमले अनागरिक बनाएको र तत्काल समस्या समाधानको माग राख्दै कैलालीको भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।

    Article inline ad #1
  • रातबिरात आवतजावत गर्दा कञ्चनपुरको चार पालिका पुनर्वास,बेलौरी,लालझाडी र बेलडाँडीका जनताले विगत देखि नै सास्ती खेप्नुपरेको,संविधानले दिएको मौलिक हक अनुसार नागरिक भईसकेपछि देशका जुनसुकै क्षेत्रमा निर्धक्क स्वतन्त्र रुपमा जानपाउने अधिकार भएपनि ब्यारियलका कारण हाम्रो अधिकार माथी नै हनन् भईरहेको र हामीले अनागरिक महशुस गर्दै आईरहेको सामाजिक अभियान्ता गिरीले बताउनुभयो ।

    Article inline ad #2

    उहाँले यसको समाधान भईरहेको भन्ने भन्सारका अधिकृतबाट बुझिएको छ । तर प्रक्रियामै मात्रै नरहेर तत्काल समाधान गर्न समेत हामीले अनुरोध गरेका छौं ।

    त्यस्तै, अभियानसँगै रहनुभएका गोपाल दाहालले पटक पटक व्यवस्थापनका लागि पहल गर्दै आईरहेको र जति पटक भन्दा पनि पुरानै स्थितिमा समस्या रहेकाले फेरी आउनुपरेको बताउनुभयो ।
    “कञ्चनपुरको शिक्षा,स्वास्थ्य र कृषि उपज बिक्रि लगायतका जुनसुकै कामकाजका लागि नजिकको बजार धनगढी नै भएकाले हामीले यसलाई बढि प्राथमिकता राखेका हौं ।” उहाँले भन्नुभयो, “भन्सार अधिकृत र सिडियो सावले ब्यारियल सार्ने विषयमा समन्वय भईरहेको र दुईचार महिनामै समस्या समाधान हुने आश्वासन दिनुभयो ।”

    सामाजिक व्यक्तित्व लक्ष्मण दियालले भन्सारले ब्यारियल सार्ने भनि भवन बनेको दुईवर्ष सम्म पनि कार्यान्वय नहुनु निकै हास्यास्पद भएको बताउनुभएको छ । यस्ता समस्या समाधानका लागि हामी सर्वसाधारणले अभियान्ता भईदिनुपर्ने , आफ्ना काम छोडेर आईदिनुपर्ने भन्दा पनि हामीले निर्वाचित गरेका तल देखि माथी सम्मका जनप्रतिनिधिहरुले एक जनताका पिडा नदेखेका हुन या भोट माग्ने जुगाडका रुपमा समस्या राखेका हुन् कि भन्ने लागेको उहाँको भनाई छ ।

    कैलाली भन्सारका अधिकृत तेजबहादुर रावलले कार्यालय प्रमुख अस्वस्थताका कारण उपचारमा हुनुहुन्छ । सडकका कारण पनि ब्यारियल भत्कने अवस्था रहेको र नयाँ भवन बनिसकेकाले जतिसक्दो चाँडो अवस्थामा सीमा नजिक सार्ने जानकारी दिनुभयो ।

    त्यसैगरी, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कैलाली–कञ्चनपुरको संयुक्त भुगोल भन्सार कार्यालय र दशगजाको बीचमा भएका कारण समस्या आएको बताउनुभयो ।

    उहाँले जनप्रतिनिधिहरु, स्थानीय र नागरिक स्तरबाट समस्या समाधानका आवाज आईरहेको र त्यसको समाधान भनेको यात्रु शाखालाई दशगजा छेउमा सार्नु बाहेकको विकल्प नरहेको बताउनुभयो ।

    अन्तराष्ट्रिय सीमा हो, विभिन्न अपराधिक गतिविधिका कारण पनि चेकजाँचका कुराहरु गर्नैपर्ने हुन्छ । तर कञ्चनपुरबासीहरुको आवतजावतका विषयमा देखिएको समस्याका विषयमा आफु पनि गम्भिर रहेको र यसको समाधानका लागि कार्य भईरहेको भन्ने सुनेको उहाँको भनाई छ ।

    ज्ञापन पत्र बुझाउन सामाजिक अभियान्ता धर्मेन्द्र गिरी, गोपाल दाहाल,लक्ष्मण दियाल,गोविन्द सापकोटा,पदम शाह,सशीधर न्यौपाने,आसरे बडायक, कर्मसिँह राना लगायतको सहभागिता थियो ।

     

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by