Above Article Ad
  • बैतडीमा पासोमा फसेको चितुवा सकुशल उद्धार

    Above Article Content Ad
  • बैतडी- बैतडी जिल्लामा पासोमा फसेको चितुवालाई सकुशल उद्धार गरिएको छ। सिगास गाउँपालिका–२ धौलाडीको जीमराडी क्षेत्रमा आइतबार राति स्थानीयले थापेको पासोमा चितुवा फसेको थियो।

    डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णका अनुसार पासोमा फसेको चितुवाको मंगलबार बिहान करिब ११ बजे शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो। चितुवाको दायाँ खुट्टा पासोमा फसेको अवस्थामा फेला परेको थियो

    Article inline ad #1
  • उद्धारका क्रममा चितुवालाई डार्टिङ गरी बेहोस बनाइएको थियो। पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार गरेपछि आजै सिगास संरक्षित वन क्षेत्रमै छोड्ने तयारी गरिएको सूचना अधिकारी कर्णले जानकारी दिए।

    Article inline ad #2

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आउनुपर्ने भएकाले उद्धार कार्यमा केही ढिलाइ भएको जनाइएको छ।

    सामुदायिक वनको हाताभित्र थापिएको पासोमा चितुवा फसेको घटनापछि डिभिजन वन कार्यालयले सम्बन्धित सामुदायिक वनलाई पत्राचार गरेको छ। सामुदायिक वन क्षेत्रमा कसले र कुन प्रयोजनका लागि पासो थापेको हो भन्ने विषयमा छानबिन गर्न पत्र पठाइएको सूचना अधिकारी कर्णले बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by