
प्रधानमन्त्री प्रचण्डद्वारा कंचनपुर पर्यटन महोत्सव उदघाटन
महोत्सव फाल्गुन १० गते सम्म चल्ने
Above Article Content Ad
महेन्द्रनगर : कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ कंचनपुरको महेन्द्रनगरमा सोमबार देखि १४ औं सुदुरपश्चिम प्रदेश स्तरिय औद्योगिक ब्यपार मेला तथा कंचनपुर पर्यटन महोत्सव २०७९ सुरु भएको छ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गर्नु भएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै महोत्सवका प्रमुख अतिथी प्रधानमन्त्री प्रचण्डले आफुले पहिलो स्वास्थ बिश्व बिध्यालयका रुपमा गेटामा निर्माणाधीन सो मेडिकललाई अघि बढाएको समेत बताउनुभयो। उहाँले अन्न्यायमा परेको सुदुर पश्चिम प्रदेस भएकाले सो अन्याय र बिबेद अन्त्य गर्न आफू लागि परेको समेत प्रधानमन्त्री दहालले बताउनुभयो ।
जनयुद्धका सहिद लाई सम्झिदै गणतन्त्र आएपछी आफ्नै सरकार गठन भएको र गणतन्त्रात्मक ब्यवस्थालाई सबै मिलेर अघि बढाउने सबैले जोड दिन आवश्यक रहेको उहाँले औल्याउनु भयो ।
आफ्नो कार्यकाल मा सुदुर पश्चिमलाई सुन्दर पश्चिम् बनाउन आफू लागि परेको बताउदै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक आफू प्रधानमन्त्री भएको बेला आफुले बोलेको कुरा हरु पूरा भएको बताउदै, गेटामा २०६६ सालमा पहिलो पटक बजेट बिनियोजन समेत आफुले गरेको उहाले बताउनुभयो।
अहिले महाकाली करिरोड, कैलालीको हरैया बिशेष आर्थिक क्षेत्र, दैजी छेलामा सुख्खा बन्दरगाह बनाउन आफुले भरत भ्रमण मार्फत पहल गरेर काम गराएको समेत उहाँले बताउनु भयो । आसन्न भारत भ्रमणमा पनि सुदुर पश्चिमका कयौं योजनाहरु बिकासका लागि आफुले पहल गर्ने बताउदै चीन र भारत जोड्ने सडक निर्माण, गौरीफन्टा नाकाको स्तोरन्ती, खप्तड, रामारोसनको बिकास लगायत चमेलिया, पश्चिम सेति जल बिद्धुत आयोजना निर्माणका लागि अफुले निर्णायक काम गरेको उहाँले दाबी गर्नुभयो । आफुले यश क्षेत्रमा गरेको काम र बाकी रहेको काम पूरा गर्न निर्देशन दिने बताउदै अब एक्सनमा काम अघि बढाउनेमा समेत उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै महोत्सवमा बोल्दै कंचनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले गेटा मेडिकल कलेजको विषयमा सरकारले लिएको धारण एकदमै राम्रो रहेको र सो संचालनमा ढिलाइ गर्न नहुने भन्दै उहाँले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ। यस्तै उहाले सिमा क्षेत्रको समस्या समाधानका लागि तत्काल सरकारले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रतिनिधि सभा सदस्य लामाले हुलाकी सडक निर्माणमा भैरहेको ढिलाई, शुक्लाफाटा राष्ट्रिय निकुन्ज पीडितको समस्या संगै दैजी आधोगिक क्षेत्रको बिकासका लागि आफुले पहल गर्नुका साथै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।
फाल्गुन १० गते सम्म चल्ने महोत्सवले यहाँको कृषि, पर्यटन, लगायत यहाँको ब्यापार ब्यवसाय प्रबर्द्धनमा सहयोग पुर्याउने आयोजक कंचनपुर उधोग बाणिज्य संघले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad