Above Article Ad
  • कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

    Above Article Content Ad
  • कैलाली-कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित दुई जना युवालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो साँझ ५ः०० बजेको समयमा धनगढी उपमहानगरपालिका–१२, जुगेडा क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो।

    चेकजाँचका क्रममा गोदावरी नगरपालिका–६ का २५ वर्षीय नवीन चौधरी र २२ वर्षीय शुसिल चौधरीको साथबाट १९० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त लागूऔषधसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6