Above Article Ad
  • कञ्चनपुरको पुनर्वास पुगेर इजरायली राजदूत श्मुलिक आरी बासले गरे केरा खेतीको अनुगमन

    Above Article Content Ad
  • पुनर्वास– आइतबार कञ्चनपुरको पुनर्वास  पुग्नुभएका नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले कृषि क्षेत्रको अनुगमन गर्नुभएको छ।

    पूर्व माननीय तारा लामा तामाङको अनुरोधमा पुनर्वास पुग्नुभएका इजरायलका राजदूत बासले पुनर्वास नगरपालिका ४ मा रहेका कृषक बिमल भण्डारीले लगाएको केरा खेतीको अनुगमन गर्नुभएको हो ।

    Article inline ad #1
  • अनुगमनका क्रममा पूर्व माननीय तारा लामा तामाङ, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा, पुनर्वास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णबहादुर तामाङ, पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामा, हेमन्त रेग्मी, पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य विष्णु माया कोइराला, इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी लगायत सहभागी हुनुहुन्थ्यो।

    Article inline ad #2

    इजरायलका राजदूत बासले केरा खेतीको अनुगमन गर्दै कृषिका लागि निकै राम्रो क्षेत्र भएको बताउनुभयो। उहाँले कृषि उद्यमीका लागि दूतावासबाट सक्ने सहकार्यका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    केरा खेतीको अनुगमन पश्चात भदौ २४ गते जेनजी आन्दोलनबाट क्षतिग्रस्त पुनर्वास नगरपालिकाको भवनको पनि अनुगमन गर्नुभएको थियो ।

    पुनर्वास पुग्नुभएका इजरायलका राजदूत बासलाई नगरपालिकाले मायाको चिनोसहित सम्मान गरेको थियो।  मायाको चिनो हस्तान्तरण गर्दै नगरप्रमुख तोयप्रसाद शर्माले कृषिको निकै सम्भावना बोकेको क्षेत्रका रुपमा पुनर्वास रहेको र कृषि क्षेत्रमा कुनै राम्रो प्रोजेक्ट सञ्चालन गरिदिन अनुरोध गर्नुभएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • प्रतिक्रियाहरु

    1. 18win1 caught my eye. Their interface is pretty slick, makes finding what you want easy. Give it a whirl, what do you have to lose? Find it at: 18win1.

    Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6