Above Article Ad
  • नेपाल विद्युत प्राविधिकरण महेन्द्रनगर ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने

    Above Article Content Ad
  • धनगढीः कञ्चनपुरका ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने भएको छ।

    नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका अनुसार लालपुर सबस्टेशन देखि कलुवापुर सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गर्न लाइन काटिन लागेको हो। प्राधिकरणले माघ ११ गते देखि १५ गते बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म उक्त फिडरमा विद्युत आपूर्ति हुने शुक्लाफाँटा नगरपालिकाका सबै स्थान, कृष्णपुरको वडा नम्बर १, २, ३ र बेलौरीमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

    Article inline ad #1
  • नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले लालपुर १३२÷३३÷११ केभी सबस्टेशन देखि महेन्द्रनगर वितरण केन्द्रको कलुवापुर ३३÷११ केभी सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेडका लागि ठेक्का मार्फत काम गरिरहेको छ। ठेकेदार कम्पनीले ३३ केभी लाइन सट डाउनको लागि माग गरेकाले विद्युत लाइन काटिन लागिएको प्राधिकरणले जनाएको छ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6