
प्रभात माध्यमिक विद्यालय डोटीको ६९ औं वार्षिकाेत्सव तथा अभिवावक दिवस सम्पन्न
Above Article Content Ad
डोटी-डोटीको आदर्श गाउँपालिका ४ देहिमाण्डौ स्थित श्री प्रभात माध्यमिक विद्यालयको ६९औ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बुधबार एक समारोहका बीच विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम पाठकको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश देउबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिका नगर प्रमुख विजय खड्का, शिखर नगरपालिका प्रमुख दिर्घ बलायर,पुर्वि चौकी गाउँपालिका अध्यक्ष राम प्रसाद उपाध्याय,सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशी आदर्श गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्का आसिन रहनुभएको थियो।त्यस्तै अतिथिहरूमा आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकाय, शिक्षासम्बन्धी सरोकारवाला निकायहरु अभिभावक तथा अन्तर विधालयका प्रधानाध्यापकहरू सहभागी हुनुहुन्थ्यो।
प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै सुदुरपश्चिम प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य देउवाले प्रभात माध्यमिक बिद्यालयको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको थियो। खासगरी डोटीबाट निर्वाचित माननीयहरूले माध्यमिक विद्यालयको भविष्य बारे चिन्तित हुनुपर्ने उहाँको भनाइ थियो। चर्चित कलाकार भुवन दाहालले देउडा गीत गाएर मनोरंजन गराउनु भएको थियो। विद्यार्थीहरूले आफ्नो कला जस्तै नृत्य,गजल सम्भासण, सन्देश मुलक नाटक प्रस्तुत गर्नुभएको थियो।
प्रथम स्थान हाँसिल गर्न सफल भएका तथा बार्षिक उत्सब सफल पार्न दर्जनौ सामाजिक व्यक्तित्वहरुको बार्षिक उत्सवमा प्रमुख अतिथि देउबाले सम्मान गर्नु भएको थियो । प्रमुख अतिथि देउवाले प्रभात माध्यमिक विद्यालयको स्मारिका विमोचन समेत गर्नुभएको थियो । प्रधानाध्यापक पुस्पराज जोशीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक अमर भाटले गर्नु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad