Above Article Ad
  • सभामुख भण्डारीले भने प्रदेश सभाको बैठक यो हप्ताभित्रै बस्छ

    Above Article Content Ad
  • धनगढी-सुदूरपश्चिम प्रदेश सभाको बैठक यो हप्ताभित्रै बस्ने भएको छ। सभामुख भीमबहादुर भण्डारीले जेन्जी आन्दोलनका कारण स्थगित भएको प्रदेश सभाको बैठक यो हप्ताभित्रै बस्ने बताएका हुन्। गत भदौ २४ गतेको आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा बस्न सकेको छैन।

    प्रदेश सभा सञ्चालन गर्न अहिले प्रदेश सभा भवनको मर्मत सम्भारको काम भइरहेको सभामुख भण्डारीले बताए। उनले ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम एक/दुई दिनमा सम्पन्न हुने सभामुख भण्डारीले बताएका छन्। काम सम्पन्न हुनासाथ यो साताभित्रै प्रदेश सभाको बैठब बस्ने उनले बताए। ‘अहिले प्रदेश सभाको ८० प्रतिशत काम सकिएको छ, बाँकी काम एक/दुई दिनमा सकिन्छ होला, त्यसपछि बैठक बस्छ,’ उनले भने, ‘सोमवार दिउँसो दुई बजे कार्यव्यवस्था समितिको बैठक तय भएको छ। त्यो बैठकले प्रदेश सभाको बैठक बस्ने बारे मिति तय गर्नेछ।’

    Article inline ad #1
  • सभामुख भण्डारीले प्रदेश सभाको मर्मतको काम सम्पन्न हुनासाथ बैठक बस्ने बताएका छन्। प्रदेश सभा बस्न नसक्दा प्रदेश सरकारको कानुन निर्माण गर्ने प्रक्रिया नै अवरुद्ध भएको छ। प्रदेश सरकारले संसद चलाएर सबैभन्दा पहिले स्थानीय सेवा ऐन संशोधन गर्न चाहेको बताउँदै आएको छ। गत असार १५ गते प्रदेश सभाबाट पारित स्थानीय सेवा ऐन निर्माण गर्दा संविधान र प्रचलित अन्य संघीय कानुन अतिक्रमण गरेको भन्दै स्थानीय तह र त्यहाँ कार्यरत कर्मचारीले बिरोध गर्दै आएका छन्। ऐनमा परेका विवादित प्रावधानका कारण प्रदेश सरकारले स्थानीइ सेवा नियमावलीसमेत ल्याउन सकेको छैन।

    Article inline ad #2

    सरकारले निर्माण गरेको स्थानीय ऐन विरुद्ध सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ। स्थानीय तहका कार्यरत कर्मचारी र स्थानीय तहका जनप्रतिनिध र सरोकारवालाले स्थानीय ऐनको विरोध गर्दै आएका छन्। स्थानीय सेवा ऐनमा विवादित प्रावधान परेकाले प्रदेश सरकारले अहिलेसम्म स्थानीय सेवा नियमावलीसमेत ल्याउन सकेको छैन।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6