Above Article Ad
  • डोटीमा कुटपिट हुँदा दुई जना गम्भीर घाइते

    Above Article Content Ad
  • डोटी : डोटीको आदर्श गाउँपालिका-४ पातलमा कुटपिट हुँदा दुई जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतवार राति पौने एघार बजेको समयमा आदर्श गाउँपालिका-४ पातल बस्ने ३१ वर्षीय अशोक रोकायालाई अपरिचित व्यक्तिले धारीलो हतियार प्रहार गरी घाइते बनाएका थिए। अशोकको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेर उनी घाईते अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • घट्नास्थलमा ११ बजेतिर सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष भाटले प्रयोग गर्ने मोबाईल फेला परेको थियो। त्यसपछि घाइते भेटिएका अशोक रोकायाका आफन्तहरुले सन्तोष भाटले नै कुटपिट गरेको आशंका गरी आदर्श गाउँपालिका-४ को देहिमाण्डौबाट सन्तोष भाटलाई नियन्त्रणमा लिई आफन्तहरुले सन्तोषलाई कुटपिट गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

    साथै सन्तोषको सुदूरपश्चिम प्रदेश ०१००१ च ४११८ नम्बरको बोलेरो जिपमा तोडफोड तथा आगजनी गरी पूर्ण रुपमा क्षेति गरेको प्रहरीले जनाएको छ। घटना बारे जानकारी पाएपछि प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले घाईते दुवै जनालाई उद्दार गरी उपचारको लागि दिपायल पठाएको थियो।अशोक रोकायाको सुजङ अस्पताल राजपुर डोटीमा पु¥याई उपचार भईरहेको र सन्तोष भाटको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6