Above Article Ad
  • पुनर्वासमा आफ्नै लगानीमा सार्वजनिक स्थानमा चौतारो निर्माण गर्ने दुईजना सम्मानित

    Above Article Content Ad
  • पुनर्वास-हरेक वर्ष कञ्चनपुरको पुनर्वास नगरपालिकाले चौतारो निर्माणका लागि बजेट विनियोजन गर्दै आइरहेको छ ।

    तर यहाँ पुनर्वासकै दुईजना स्थानीयहरूले आफ्नै निजी लगानीले सार्वजनिक स्थानमा चौतारो निर्माण गरेपछि शुक्रबार सम्पन्न १७ औं नगरसभामा नगरपालिकाले दुईजनालाई सम्मान गरेको छ।

    Article inline ad #1
  • सम्मानित हुनेमा पुनर्वास नगरपालिका-४, निवासी रामचन्द्र भट्टराई र पुनर्वास नगरपालिका-५, निवासी तेज बहादुर बोगटी रहेका छन् ।

    Article inline ad #2

    नगरपालिकाले उहाँहरूलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गर्दै आगामी दिनमा पनि स्थानीय सरकारप्रति सहयोगको सद्भाव बढाइराख्न नगर प्रमुख तोयप्रसाद  शर्माले अनुरोध समेत गर्नुभएको थियो ।

    भट्टराईले पुनर्वास नगरपालिका- ४ को वडा कार्यालय परिसरमा निर्माण गर्नुभएको थियो। भने बोगटीले पुनर्वास नगरपालिका-५ को वडा कार्यालयको परिसरमा चौतारो र नल्का निर्माण गर्नुभएको थियो।

    बोगटीले आफ्नो स्वर्गीय बुवाको स्मृतिमा चौतारो निर्माण गरिएको बुझिएको छ । बोगटीका स्वर्गीय बुवा पनि सामाजिक कार्यक्रममा निकै सक्रिय हुनुहुन्थ्यो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6