Above Article Ad
  • दक्ष जनशक्ति उत्पादनका लागि इन्जिनियरिङको पढाइ सुरु

    Above Article Content Ad
  • धनगढी- दक्ष जनशक्ती उत्पादनका लागि रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङको पढाइ सुरु भएको छ ।

    धनगढीस्थित रुबस होटल नजिक रहेको शहिद रामवृक्ष नागरिक प्रतिष्ठानद्धारा सञ्चालित सो विद्यालयमा ३ बर्षे कोर्ष गर्न रु १ लाख ८० हजार लाग्ने गरेको विद्यालयका इन्जिनियर एवं प्राचार्य धनुषकुमार भट्टले चेतना खबरलाई जानकारी दिए ।
    ‘सिटीईभिटीको कार्यक्रम अन्तरगत हामीले दुई बिषयमा अध्यापन गराइ रहेको छौँ ’ उनले भने ‘दुईटै बिषयमा ४८÷४८ जनाको कोटा निर्धारण गरिएको छ ।’

    Article inline ad #1
  • ‘चार जना जेहेन्दार विद्यार्थीका लागि सिटीईभिटीले परीक्षा लिएर उतैबाट छनौट गर्छ’ उनले भने विद्यालयमा पहिलो हुने एक जना विद्यार्थीका लागि स्कुलले नै छात्रवृतिको व्यवस्था गर्दै आएको छ ।’

    Article inline ad #2

    यी बिषय अध्ययनरत विद्यार्थीको दक्षता क्षमता बढ्नुका साथै रोजगारीको अवसर पनि उत्तिकै हुने गरेको कार्यक्रम संयोजक दीपेन्द्र ओझाले बताए । यी बिषय अध्ययन गरेका विद्यार्थीका लागि विश्वका जुनसुकै कुनामा पनि अवसर नै अवसर भएको उनले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button