Above Article Ad
  • डिजिटल प्लेटफर्ममा १ हजार विद्यार्थीलाई नि:शुल्क एसईई तयारी कक्षा दिंदै एम्बिसन गुरु

    Above Article Content Ad
  • काठमाडौं । कक्षा १० मा पढिरहेका एक हजार विद्यार्थीलाई अनलाइन लर्निङ प्लेटफर्म एम्बिसन गुरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नि:शुल्क तयारी कक्षा दिने भएको छ । आफ्नो प्लेटफर्ममार्फत पढ्ने विद्यार्थीको सङ्ख्या एक लाख पुगेको उपलक्ष्यमा कम्पनीले एक हजार विद्यार्थीलाई नि:शुल्क पढाउने भएको हो ।

    यो अफरमा सहभागी हुन कक्षा १० मा अध्ययनरत विद्यार्थीले प्रधानाध्यापकबाट सिफारिस पत्र बनाउनु पर्ने हुन्छ । चाँडै सुरु हुने यो नि:शुल्क तयारी कक्षा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा सञ्चालन हुनेछ ।

    Article inline ad #1
  • छनोट भएका विद्यार्थीले गणित, विज्ञान तथा प्रविधि, अङ्ग्रेजी, सामाजिक अध्ययनको तयारी गर्न पाउने छन् । एउटा विद्यालयबाट बढीमा १० जना विद्यार्थी मात्र यो अफरमा सहभागी हुन सक्ने एम्बिसन गुरुले जनाएको छ ।

    Article inline ad #2

    देशभरका विद्यार्थी यो अफरमा सहभागी हुन सुकून् भन्ने उद्देश्यका साथ यस्तो नीति लिइएको कम्पनीका एकेडेमिक निर्देशक प्रकाश पाण्डेले बताए ।

    उनका अनुसार अफरमा सहभागी भएका विद्यार्थीले सशुल्क पढ्ने विद्यार्थीका लागि उपलब्ध सबै सुविधा पाउने छन् । जसमा लाइभ क्लास, रेकर्डेड भिडिओ, मक टेस्ट, नोट लगायतका सुविधा समावेश छन् ।

    त्यस्तै एसईई परीक्षा हुने समयसम्म नै उनीहरूले प्लेटफर्म मार्फत पढ्न पाउने निर्देशक पाण्डेले जनाए । हाल यो तयारी कक्षाको मूल्य दुई हजार ४९९ रुपैयाँ रहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button