Above Article Ad
  • रोहिंग्याको अवैध प्रवेश रोक्न सुदूरपश्चिमका नाकामा परिचयपत्र अनिवार्य

    Above Article Content Ad
  • धनगढी -सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमा नाकामा रोहिंग्या शरणार्थीको अवैध प्रवेश रोक्न सुरक्षा निकायले चेकजाँच कडा पारेका छन्। त्रिनगर भन्सार नाकासहित विभिन्न नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने व्यक्तिको परिचयपत्र अनिवार्य रूपमा जाँच गर्ने तथा शंका लागेका व्यक्तिहरूसँग विस्तृत विवरण लिने कार्य तीव्र पारेका छन्।

    रोहिंग्या शरणार्थीले भारतीय आधारकार्ड बनाएर मजदुरका रूपमा नेपाल छिर्ने गरेको सूचनापछि निगरानी कडाइ गरिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन्। त्रिनगर सीमा सुरक्षा गुल्मका प्रमुख, शसस्त्र प्रहरी नायब उपरीक्षक धिरेन्द्र शाहका अनुसार भारतीय सुरक्षा निकाय एसएसबीसँग पनि यस्तो सम्भावना देखिए खबर गर्न आग्रह गरिएको छ।

    Article inline ad #1
  • गृहमन्त्री ओमप्रकाश अर्यालले धनगढीमा सुरक्षा गोष्ठीमा सहभागी भई सोमबार त्रिनगर नाका निरीक्षण गरेका थिए। नाकामा चेकजाँच प्रक्रिया कसरी भइरहेको छ भन्नेबारे जानकारी लिँदै उनले चेकजाँच प्रविधि थप विस्तार गर्ने सम्भावनामा चासो देखाएको अधिकारीहरूले बताए।

    Article inline ad #2

    दार्चुला र बैतडीका नाकामा पनि चेकजाँच कडाइ गरिएको छ। बैतडीको जुलाघाट नाकामा परिचयपत्रका आधारमा नाम दर्ता गरी आवतजावत गराइने गरिएको छ। प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलका अनुसार अवैध प्रवेश रोक्न सुरक्षा सतर्कता थप सुदृढ गरिएको छ।

    भारतमा विशेष मतदाता नामावली शुद्धीकरण कार्यक्रम चलिरहेका कारण त्यहाँ बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरेको सुरक्षा निकायको आकलन छ। हाल नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा बसेको बताइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by