Above Article Ad
  • पुनर्वासमा सिद्धार्थ युवा क्लब को खेल मैदानमा जडान फ्लड लाईट नगरप्रमुख द्बारा उदघाटन

    Above Article Content Ad
  • पुनर्वास – कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका -७ च गाउँ स्थित सिदार्थ युवा क्लबको खेल मैदानमा फ्लड लाइट जडान सम्पन्न गरिएको छ।

    खेल मैदानमा जडित उक्त फ्लड लाईट एक अनौपचारिक कार्यक्रमका बिच श्रदेय नगरप्रमुख तोय प्रसाद शर्मा ज्यूले स्वीच अन गरि उदघाटन गर्नुभएको छ।

    Article inline ad #1
  • खेलकुद क्षेत्रलाई विकासको मार्ग तर्फ लैजान र सो क्षेत्रका युवाहरुलाई ऊर्जा थप्न पुनर्वास नगरपालिका सँधै साथ रहने नगर प्रमुख शर्मा ले बताउनुभयो। उहाँले युवाहरुको सहकार्य र सहयोगमा खेलकुद क्षेत्रको विकासका लागि सँधै सहयात्री रहने प्रतिवद्धता जाहेर गर्नुभयो।

    Article inline ad #2

    रात्रिकालीन खेलका लागि सहज बनाउन पुनर्वास नगरपालिकाको आर्थिक सहयोग र सोही स्थानका युवाहरुको सक्रिय सहभागितामा फ्लड लाइट जडान गरिएको हो। पहिलो पटक कुनै खेल मैदानमा फ्लड लाइट जडान गरिएको सिद्धार्थ युवा क्लब का अध्यक्ष प्रकाश तामाङले जानकारी दिनुभयो ।

    पुनर्वास नगरपालिकामा अरनिको युवा क्लब को खेल मैदान पश्चात फुटबल मैदानमा पहिलो पटक रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्न मिल्नेगरी नगरपालिकाको ७ लाख बजेट र स्थानीयहरूको सक्रिय सहभागितामा ४ वटा पोलमा ६०० वाटका ८ वटा फ्लड लाइट जडान गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो।

    पुनर्वास नगरपालिकामा चाँदी कपको आयोजना गरि आफ्नो छुट्टै पहिचान बनाउन सफल यस सिदार्थ युवा क्लबले स्थानिय युवाहरुको सहायोग सहाभागितामा आज पुनर्वास क्षेत्रमा नमुना खेल मैदान तयार भएको जिकिर गर्नुभयो। उहाँले आगामी दिनहरुमा स्थानीय बालबालिकाको खेल कौशलको विकासमा टेवा पुर्याउने ट्रेनिङहरू समेत सन्चालन गरिने बताउनुभयो।

    पुनर्वास नगरपालिकाको आर्थिक सहयोगमा जडित फ्लड लाइट उदघाटन कार्यक्रममा नगर उपप्रमुख भुलिया कुमारी राना, रेडक्रस सोसाइटी पुनर्वासका अध्यक्ष कृष्ण तामाङ,वडा नं ६का वडाध्यक्ष मित्र सिंह लामा , वडा सदस्य केशव एस के, स्थानीय पास्टर हरु, बुद्धिजिवी ,भद्र भलादमी लगायतका खेलाडी हरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6