Above Article Ad
  • पुनर्वासमा वडा अध्यक्ष कप सुरु

    Above Article Content Ad
  • पुनर्वास -कंचनपुरको पुनर्वासमा त्रिभुवन युवा क्लबको आयोजनामा निर्वाचन क्षेत्र नम्बर -१ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता “वडा अध्यक्ष कप” सुरु भएको छ।

    बिहीबार पुनर्वास नगरपालिका वडा नम्बर६स्थित क्लबकै आफ्नै खेलमैदानमा कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष मित्र लामाले “२०८२”वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गरेका हुन ।

    Article inline ad #1
  • क्लबका अध्यक्ष जित बहादुर तामाङको सभापतिमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्रसिंह लामा,विशिष्ट अतिथीहरुमा कंचनपुर फुटबल संघका उपाध्यक्ष दाउत तामाङ, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की, नगर प्रवक्ता तथा पुनर्वास नगरपालिका ११ का वडा अध्यक्ष तुलसी अर्याल र कैलाली हस्पिटल प्रा.ली.का अध्यक्ष जनकराज जोशी  हुनुहुन्थ्यो ।
    भने अतिथिहरूमा पुनर्वास-५ का वडाध्यक्ष पदम बहादुर रोकाया,पुनर्वास नगरपालिका -१ का वडाध्यक्ष मोहनलाल राना,पुनर्वास नगरपालिका -६ का वडा सदस्य विष्णुमाया कोइराला,पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझी,सिद्धार्थ युवा क्लबका सचिव शुक बहादुर तामाङ, साहित्यिक तथा सांस्कृतिक विद्  कविवर दिननाथ बराल, ज्योति पुस्तकालयका अध्यक्ष रामचन्द्र नेपाल, खेलप्रेमी दोजराज घिमिरे, समाजसेवी ठाकुरप्रसाद बराल,  लगायतका व्यक्तिहरू आसिन रहनुभएको थियो ।

    Article inline ad #2

    खेल उद्घाटन गर्नुहुदै वडा अध्यक्ष मित्रसिँह लामाले खेलले खेलाडीको स्तरोन्नति मात्रै नभई राष्ट्रलाई समेत चिनाउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

    फुटबल खेलका लागि पुनर्वास क्षेत्र निकै आश लाग्दो स्थानको रुपमा परिचित रहेको उहाँको भनाइ थियो।

    त्रिभुवन युवा क्लबको उद्घाटनमा भलिबल खेलाडीबाट दोजराज घिमिरे, विष्णु प्रसाद अर्याल, धमनर बहादुर बस्नेत, देवप्रसाद घर्ती, फुटबल खेलाडीबाट- राम झोर गुरुङ, जितबहादुर तामाङ, सुक बहादुर तामाङ, शिवलाल शर्मा लाइ सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    कञ्चनपुर र कैलालीका फुटबल खेलाडीहरुको सहभागिता रहेको सो फुटबल प्रतियोगितामा प्रथम हुने क्लबलाई  १ लाख र द्वितीय हुने क्लबलाई  ५५ हजार धनराशी ट्रफी,प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by