Above Article Ad
  • कञ्चनपुरमा पत्रकारले दुर्व्यवहार गर्ने भन्सार कर्मचारी प्रहरीको नियन्त्रणमा

    Above Article Content Ad
  • कञ्चनपुर -कञ्चनपुरको भन्सार कार्यालय गड्डाचौकीमा रिपोर्टिङका क्रममा पत्रकार भुपेन्द्र ओलीमाथि  ब्यर्ब्यवहार गर्ने दुई कर्मचारी प्रहरी हिरासतमा पुगेका छन ।

    माघ २५ गते भन्सार कार्यालय कंचनपुरको रिपोर्टिङ गर्न पुगेका पत्रकार ओलि माथी अभद्र व्यवहार, हातपात, गालीगलौज तथा क्यामेरा खोस्ने घटनामा संलग्न भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चन्द्रदेव भट्ट र भन्सार कर्मचारी दान बहादुर थापा प्रहरी हिरासतमा परेका हुन्। आवश्यक अनुसन्धानको लागि दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कंचनपुरको हिरासतमा राखिएको छ ।

    Article inline ad #1
  •  पत्रकार ओली माघ २५ गते हिजो समाचार संकलनका लागि भन्सार कार्यालय पुगेका थिए। ०७९ सालमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर लिलामीका लागि भन्सार कार्यालय बुझाएको भनिएको भारतीय नम्बरको मोटरसाइकल लिलामी प्रक्रिया नहुदै भारतमा भेटिएको सूचनापछि रिपोर्टिङ गर्ने क्रममा आफुमाथी कार्यकक्षभित्रै दुर्व्यवहार गरिएको पत्रकार ओलिले बताएका छन । निमित्त कार्यालय प्रमुख भट्ट र भन्सार अधिकृत थापाले पत्रकार ओलीमाथि हातपात गर्नुका साथै गालीगलौज, क्यामेरा खोस्ने र ज्यान मार्ने धम्की समेत दिएको उनको भनाइ छ ।निमिक्त कार्यालय प्रमुख र  सूचना अधिकारी जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिबाट पत्रकारमाथि यस्तो व्यवहार हुनु अत्यन्तै निन्दनीय र दुःखद भएको महासंघका सचिव कुन्दन पाण्डेयले बताएका छन ।

    Article inline ad #2

    नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले जारी गरेको प्रेस विज्ञप्तिमा कुनै पनि विषयमा समाचार संकलन गर्नु पत्रकारको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ। समाचारप्रति असहमति वा गुनासो भए प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने वा कानुनी उपचारमा जान सकिने व्यवस्था हुँदाहुँदै त्यसलाई बेवास्ता गर्दै गरिएको दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको महासंघको ठहर छ।

    महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गर्दै यस्ता घटना पुनः नदोहोरिन स्थानीय प्रशासन र सरोकारवाला निकायसँग कडा कदम चाल्न अनुरोध गरेको छ।

    पत्रकार ओलि माथी भएको दुर्ववहारको सबै तिर आलोचना भएको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6