Above Article Ad
  • बेलौरी प्रहरीद्वारा करिब ६ वर्ष कैद र ८५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

    Above Article Content Ad
  • बेलौरी – कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेलौरीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    विशेष अदालत काठमाडौँबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई  ५ वर्ष ११ महिना २६ दिन कैद र ८५ लाख २८ हजार ७ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाए लगत्तै फरार रहेका लालझाडी गाउँपालिका ५ बस्ने अन्दाजी ५४ वर्षीय पल्टु रानालाई बेलौरी प्रहरीको टोलीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जमिन बिक्री प्रकरणमा हिनामिनाको कसुरमा विशेष अदालत काठमाडौंले २०८१ वैशाख १४ गतेको फैसलाबाट रानालाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत दोषी ठहर गरेको थियो।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराका अनुसार, ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा पक्राउ गरिएका रानालाई रीतपूर्वक अदालतमा पेश गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

    फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत प्रहरीले जिल्लाभर आफ्नो सक्रियता बढाएको डिएसपी बोहराले जानकारी दिए।

    फरार सूचीमा रहेका रानालाई  ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मङ्सिर १६ गते नियन्त्रणमा लिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6