Above Article Ad
  • पुनर्वासका दानवीर सिद्धराज ओझाले दान गरेको जमिनमा सशस्त्र बीओपी भवन उद्घाटन

    Above Article Content Ad
  • कञ्चनपुर-कञ्चनपुरको पुनर्वास नगरपालिका–८, खड्डाकंकडमा सशस्त्र प्रहरी बल नेपालको बिओपी (सीमा सुरक्षा चौकी) कार्यालय भवनको उद्घाटन गरिएको छ।

    भवनको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र सुदूरपश्चिमका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रदीप कुमार पालले संयुक्त रूपमा गरेका हुन्।

    Article inline ad #1
  • भवन निर्माणका लागि स्थानीय सिद्धराज ओझाले १० कट्ठा १ धुर जग्गा दान गरेका थिए। उनको योगदानको कदर गर्दै कार्यक्रममा उनलाई सम्मान गरिएको थियो।

    Article inline ad #2

    उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थितिमा नयाँ कार्यालय भवन सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको हो।

    यससँगै सो क्षेत्रमा तस्करी नियन्त्रण, सीमा सुरक्षा र भारतीय हस्तक्षेप पनि कम हुने अपेक्षा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले त्यसमा भूमिका खेल्ने बताइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by