Above Article Ad
  • स्वर्गीय सशस्त्र प्रहरी सुरजको घर पुगे एसएसपी सुवेदी

    Above Article Content Ad
  • डोटी – विपद् जोखिम पूर्वतयारी अभ्यासका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान स्वर्गीय सुरज साउँदका आमाबुवालाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ।

    गत जेठ २२ गते सप्तकोशी नदीमा मनसुनजन्य विपद् पूर्वतयारी अभ्यासका क्रममा साउँदको ज्यान गएको थियो। सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले डोटीको दिपायल सिलगढी नगरपालिका–३, कैलडास्थित साउँदको निवासमै पुगेर उनका आमाबुवालाई नगदसहित सम्मान गरेका हुन्।

    Article inline ad #1
  • बाहिनीपति सुवेदीले ‘स्वर्गीय निर्मल गुरुङ अक्षय कोष’मार्फत साउँदका बुवा नन्नाबहादुर साउँदलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा सुवेदीले परिवारको अवस्था, आवश्यकता र आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गरेका थिए।

    Article inline ad #2

    चार वर्षअघि सशस्त्र प्रहरी बलमा सेवा प्रवेश गरेका स्वर्गीय सुरज साउँद सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सामा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा कार्यरत थिए। प्रदेशस्तरीय मनसुनजन्य विपद् सिमुलेसन अभ्यासका क्रममा सप्तकोशी नदीमा उनी बेपत्ता भई ज्यान गुमाएका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by