
पुनर्वासमा मेयरले जाहेरी बुझाएपछि हरि बोहराले फेसबुकमा लेखे “राज्यमा म जस्ताले बाचेर काम छैन
Above Article Content Ad
पुनर्वास– शुक्रबार राती करिब ८ बजेको समयमा कंचनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा सवार गाडी रोकेर अभद्र व्यवहार गरेको भन्दै शनिबार नगरपालिका कार्यालयले विज्ञप्ति जारी गरेको थियो ।
शनिबार बिहानै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पुनर्वास नगरपालिका-९ कै स्थानीय हरिबहादुर बोहराले अभद्र व्यवहार गरेको भन्दै नगर प्रमुख शर्माले ठाडो निवेदन दिएका थिए । आईतबार नगर प्रमुखले सोही विषयलाई लिएर बोहराका नाममा जाहेरी समेत प्रहरीलाई बुझाएको छ । प्रहरीलाई किटानी जाहेरी दिएपनी हाल सम्म ती स्थानीय बोहरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
सम्पर्क बाहिर रहेका बोहराले केही समय अघि आफ्नै फेसबुक वालमा “राज्यमा म जस्ताले बाचेर काम छैन” भन्दै स्टाटस लेखेका छन् । स्टाटसमा “पार्टी र नेताको चाकरी गरी उनिहरुको इसारामा नाच्नेहरुलाई मात्र यो देशमा बाच्ने अधिकार रहेछ भन्ने कुरा प्रस्ट पार्नु भो यो देशमा जन्म लिनु मेरो पहिलो गलती त्यहा बाट सुरु भो” उनी लेख्छन् “मरिन्छ झुकिन्न” मैले मेयर साबलाई अभद्र ब्यवहार गरेको की मेयर साबले म माथी आफ्नो सत्ता र पहुचको दम्भ देखाको त्यो प्रष्ट भिडियोबाट बुझ्न सकिन्छ ।
त्यहा अरु स्थानिय पनि हुनुहुन्छ मैले त्यो भन्दा अरु न केही बोलेको छु, नत टच नै, नत कुनै त्यस्तो प्रयास नै भिडीयोमा कोले कस्तो ब्यवहार गरेको छ भनेर प्रस्ट हुदा हुदै बिज्ञप्ती निकाल्ने देखी बिज्ञप्ती मा हस्ताक्षर गर्नु हुने महान व्यक्तित्व हरु लाई धन्यवाद र मेरो ज्यानको जिम्मा(दोसी) हरेक हस्ताक्षर गर्नु हुनेले लिनु पर्ने छ भन्दै आफ्नो विचार व्यक्त गरेका छन् ।
नगर प्रमुखले प्रहरीलाई निवेदन दिएको तेस्रो दिन भएपनि बोहरालाई प्रहरीले अझै फेला पार्न सकेको छैन । घटना घटेपछी फेसबुकेहरुले घटनालाई अतिरन्जित बनाउदै आईरहेको देखिन्छ । घटनाका विषयमा पुनर्वास नगरपालिकाका कर्मचारीहरुले समेत आपत्ति जनाउदै आईतबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
3
Below Article Content Ad