
ममीलाई पछ्याउँदै प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले गरिन् कलाकारितामा डेब्यु
Above Article Content Ad
काठमाडौं । ममीलाई पछ्याउँदै अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयङ्काले कलाकारितामा डेब्यु गरेकी छिन् । उनको अभिनय रहेको म्युजिक भिडियो ‘बालापनको उमेर २’ शुक्रबार युट्युबमा रिलिज भएको छ ।
प्रियंकाले सामाजिक संजालमा छोरीसँगका नाचगानका रमाइला भिडियो सेयर गर्दै आएकी थिइन् । ती भिडियोमा प्रशंसकले आयङ्का पनि ममीजस्तै कलाकार बन्ने भन्दै कमेन्ट गरिरहेका हुन्थे । नभन्दै, आयङ्काले म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
Article inline ad #1
बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा सुरक्षा बाठा मगरको स्वर छ । गीतको कोरियोग्राफी र भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियोको निर्माण सरोज ओलीले गरेका हुन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad