
आजबाट पुनर्वासको टिसिएन चोकमा साँस्कृतिक तथा देउडा कार्यक्रम हुने
Above Article Content Ad
पुनर्वास– कञ्चनपुरको पुनर्वास–५ मा ग–गाउँमा हरेक वर्ष आफ्नो सँस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ आयोजना हुने मेला यस वर्ष पनि लाग्ने भएको छ ।
आजबाट दुई दिन सम्म सञ्चालन हुने मेलामा यसवर्ष प्रथम वडाध्यक्ष कप खुल्ला पुरुष पेनाल्टी प्रतियोगिता समेत आयोजना गरिएको हो ।
बजरङ्गदलको आयोजना तथा न्यु भानु युवा क्लबको सह–आयोजनामा साँस्कृतिक तथा देउडा कार्यक्रम सञ्चालन हुने मेला संयोजक सुदिप थापाले जानकारी दिए ।
पेनाल्टी सुट आउट प्रतियोगिता आज दिउँसो १ बजेबाट सुरु हुनेछ । टिमदर्ता २ हजार लाग्ने र प्रथम पुरस्कार २० हजार र द्धित्तिय पुरस्कार ११ हजार रहेको संयोजक थापाले बताए ।
साँस्कृतिक तथा देउडा कार्यक्रममा चर्चित सुदुरपश्चिम तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad