
“एउटै मुटु” बाट अभिनय डेब्यू, सागर गौतमको नयाँ शुरुआत
सागर गौतमका लागि यो गीत केवल एउटा म्युजिक भिडियो होइन, एउटा सपना पुरा भएको क्षण हो। “एउटै मुटु” बोलको गीत मार्फत उनले पहिलो पटक क्यामेरासामु उभिने अवसर पाए
Above Article Content Ad
नेपाली म्युजिक भिडियोलाई फेरि एकपटक नयाँ स्वाद दिएको छ “एउटै मुटु” बोलको गीतले। हालै युट्युबमा सार्वजनिक भएको यो गीतमा धनगढीका सागर गौतमले पहिलो पटक अभिनयमा हात हालेका छन्। सँगै चर्चित मोडल तथा टिकटक स्टार स्मारिका ढकाल र लेखक रमेश दियालीको दमदार उपस्थिति पनि देख्न सकिन्छ।
निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको यो भिडियोमा प्रेममा देखिने अविश्वास, पीडा र धोका जस्ता गहिरा भावनालाई प्रस्तुत गरिएको छ। निर्देशकका अनुसार अहिलेको यथार्थ समाज र सम्बन्धहरूलाई कलात्मक रूपमा चित्रण गर्ने प्रयास गरिएको हो।
Article inline ad #1
गीतमा सुवास घटानीको सुमधुर स्वर, अविनाश शंकर र देवेन्द्र नेवाको शब्द, अनि टेकेन्द्र शाहको सम्पादनको संगम छ। भिडियो सोम गुरुङ अफिसियल युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















3bm11e