
पुनर्वासमा होली खेलेर २ लाख २३ हजार रुपैयाँ सहित डिजे सङ्कलन
कञ्चनपुरको पुनर्वासमा यस बर्ष सुदुरपश्चिम खप्तड संस्कृती संरक्षण समाजले आफ्नो परम्परा अनुसार होली खेल्यो । होलीको अबधीभर पुनर्वासका सबै वडाहरुमा शुभकामना आदानप्रदान गर्दै होली खेलेको सुदुरपश्चिम खप्तड संरक्षण समाजका अध्यक्ष नन्द बहादुर सिंहले जानकारी दिनुभयो ।
समाजका अध्यक्ष सिंहका अनुसार भाबि पुस्तामा आफ्नो परम्परा संस्कार हस्तानान्तरण र अहिलेका युबालाई आफ्नो रितिरिवाज चिनाउने उद्देश्यले होली खेलीएको बताउनुभयो । यसरी होली खेल्दा समाजमा केही नँया फरकपन देखीनुका साथै सकारात्मक उर्जा मिल्ने उहाको तर्क छ ।
पुनर्बासमा होली खेलेर समाजले २ लाख २३ हजार रुपैयाँ सहित डिजे सङ्कलन गरेको छ । पुनर्बासमा समाजले चैत १२ गते देखि होली खेलेको थियो ।होलीको कार्यक्रम सायल गाउपालिकाका नगर प्रमुख लगायत अग्रज ब्यक्तित्वहरुको उपस्थिीती रहेको थियो । पछिल्लो समय समाजले सामाजिक कामहरू समेत गर्दै आएको छ ।