
पुनर्वासका मोहन बिष्टको सर्टमुभि “घात” सार्वजनिक हुँदै
पुनर्वास– प्रविधिको सुविधासँगै अहिले म्युजिक भिडियो लगायत सर्टमुभिको क्रेज युवाहरुमा बढ्दो छ । तर पछिल्लो समय कतिलाई त टिकटक एप्स पनि कलाकारहरु उत्पादन गर्ने एक माध्यम बन्दै आएको छ ।
यस्तै कलाकारिताको भुमरीमा कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीका मोहन बिष्ट पनि यतिबेला चर्चामा छन् । उनी कलाकारिता क्षेत्रलाई रुचाउने एक युवा पात्र पनि हुन् ।
उनले मायाप्रेममा आधारित आफ्नै शब्दहरुको सानो कथाबाट सर्टमुभि “घात” बजारमा ल्याउने प्रयास गरिरहेका छन् ।
निर्देशक बैठक पौडेलको निर्देशनमा निर्माण भएको उक्त सर्टमुभिमा कलाकार मोहन सिँह बिष्ट, सोनिया कट्टेल,बैठक पौडेल र लालहाङ लिम्बुको अभिनय रहेको छ ।
त्यस्तै सोनाम लामाको सम्पादन रहेको भिडियोको क्यामेरा पर्शनको भुमिकामा लालहाङ लिम्बु छन् । भिडियो भदौ १२ गते मंगलबार दिउँसो ४ बजे मैन फिल्मबाट सार्वजनिक गरिने कथाकार बिष्टले जानकारी दिएका हुन् ।
कथाकार बिष्टले पहिलो सर्टमुभी भिडियो निर्माणमा विशेष धन्यवाद दिनेश पौडेल, सुरेश अधिकारी, देवसिँह ठकुरी, भगवती अधिकारी (सिँह), प्रकाश तामाङ र प्रोस्टुडियोलाई दिएका छन् ।