Above Article Ad
  • पुनर्वासमा युवा समूहद्धारा पर्यटकीय क्षेत्र प्यारातालमा सरसफाई

    Above Article Content Ad
  • पुनर्वास -कञ्चनपुरको पुनर्वास नगरपालिका ९ मा रहेको पर्यटकीय क्षेत्र प्यारातालमा परिवर्तनका लागि युवा पुनर्वासको समूहले संविधान दिवस सरसफाई गरेर मनाएको छ।

    शुक्रबार संविधान दिवसको अवसर पारेर पारेर परिवर्तनका लागि युवा पुनर्वासले आन्तरिक पर्यटकको रोजाईमा पर्न सफल पर्यटकीय क्षेत्र प्यारातालमा सरसफाई गरेको हो।

    Article inline ad #1
  • “जथाभावी प्लास्टिक सिसा तथा फोहोर नफालौ, पर्यावारणीय सौन्दर्यलाई स्वच्छ र रक्षा गरौँ “भन्ने नारा बोकी पर्यटकीय क्षेत्र प्यारातालको सरसफाई गरेको परिवर्तनका लागि युवा पुनर्वास समूहले जनाएको छ।

    Article inline ad #2

    पुनर्वासको पर्यटकीय क्षेत्र प्यारातालमा फोहोर देखिँदा आन्तरिक तथा बाह्य पर्यटकमा नराम्रो प्रभाव पर्ने हुँदा परिवर्तनका लागि युवा पुनर्वासले सरसफाई गरेको कार्यक्रम राम्रो भएको पुनर्वास नगरपालिका नगर प्रमुख तोयप्रसाद शर्माले बताएका थिए।

    नगर प्रमुख शर्माले कुनै विशेष दिन पारेर मात्रै नभइ प्रत्येक नागरिकलाई लाभ हुने कार्य सधैँ गरिरहन परिवर्तनका लागि पुनर्वासलाई सुझाव दिए।

    प्राकृतिक सम्पदा मात्रै नभई सांस्कृतिक सम्पदा बचाउनका लागि पनि हाम्रो भूमिका रहने परिवर्तनका लागि युवा समुहका संयोजक यादव सिंहले बताएका थिए।

     

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6