
खसी किन्ने क्रममा दुई समूहबीच झडप, एक जनाको मृत्यु
Above Article Content Ad
कञ्चनपुर -बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको नेपालगन्ज उपमहानगरपालिका – ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो ।
Article inline ad #1
शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए।
Article inline ad #2
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार आपसमा ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको थियो।
डिएसी पातलीले हत्या घटनामा संलग्न रहेका मध्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए।
एक स्थानीयका अनुसार झगडा गर्नेहरु सालो-भेना हुन्। मृतक बेहना सालो वा भेनाको हुन् भन्ने बारे सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
Below Article Content Ad















