Above Article Ad
  • के गर्ने बच्चालाई कामज्वरो आए के नगर्ने ?

    Above Article Content Ad
  • जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कहिलेकाहीँ  कामज्वरो आउने गर्दछ । त्यस्तो वेला अभिभावकहरू आत्तिने गरेको पाइन्छ ।

    अभिभावक आत्तिदा बच्चामा झनै समस्या हुने गरेको पाइएकाले नआत्तिकन बच्चालाई सुरक्षितसाथ राख्न  डाक्टर विश्वबन्धु बगालेले यस्तो सुझाब दिएका छन् :

    Article inline ad #1
  • काम ज्वरोका लक्षण :

    Article inline ad #2
    • आँखा माथि फर्काउने ।
    • हातगोडा सबै कम्पन हुने ।
    • जिउ नै अररो हुने ।
    • मुखबाट फिँज  निकाल्ने ।
    • छोड्ने

    यस्तो हुँदा के गर्ने ? 

    • बच्चालाई दायाँ  वा बायाँ  कोल्टे फर्काएर राख्ने ।
    • जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
    • ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

     के नगर्ने ?

    आत्तिनु हुँदैन, आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ ।
    बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन्छ ।
    बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ अनि अरू केही चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।

     भविष्यमा हुन नदिन के गर्ने ?

    यो रोगको रोकथाम विधि भनेको ज्वरो आउनै नदिनु हो, जुन सम्भव छैन ।
    त्यही भएर ज्वरो आएर यस्तो लक्षण देखिएमा बढी सजगता अपनाउनु नै यसको रोकथाम हो ।
    घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्ने ।
    ज्वरो आएमा तत्काल पारासिटामोल दिइहाल्ने ।
    बच्चालाई गुम्स्याएर नराख्ने ।
    ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by