Above Article Ad
  • वाईसीएल पुनर्वासद्वारा नव निर्वाचित मेयर, उपमेयरलाई शुभकामना सहित ज्ञापनपत्र

    Above Article Content Ad
  • पुनर्वास- नेकपा माओवादी केन्द्र निकट भातृसंगठन वाइसीएलले पुनर्वास नगरपालिकाका नव निर्वाचित मेयर, उपमेयरलाई शुभकामना  तथा ज्ञापनपत्र बुझाएको छ ।

    बिहीबार वाईसीएल पुनर्वास नगर कार्यसमितिले नगर भित्र सुधार गर्नुपर्ने समस्याका क्षेत्रहरुको बारेमा अवगत गराउदै हार्दिक शुभकामना  सहितको ज्ञापन पत्र नगर प्रमुख तोयप्रसाद शर्मा र उपप्रमुख भुलिया रानालाई बुझाएको हो ।

    Article inline ad #1
  • वाईसीयल पुनर्वास कार्यसमितिका नगर ईन्चार्ज विवेक बोहरा र नगर अध्यक्ष विरबहादुर तामाङले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मेयर तथा उपमेयरलाई सम्बोधन गरी शिक्षा तर्फ प्राविधिक शिक्षाको व्यवस्था, स्वास्थ्य तर्फ शर्पदंशको उपचार केन्द्रको व्यवस्था, खेलकुद तर्फ नगर खेलकुद रंगशालाको व्यवस्था र खेलाडीहरुलाई प्रोत्साहन हुने कार्यक्रम, सीमा सुरक्षा तर्फ खुल्ला सीमा नाकामा चोरी पैठारी रोक्ने(छोटी भन्सार), लागु औषध दुर्व्यसनी नियन्त्रण, फोहोर व्यवस्थापन तर्फ आधुनिक डम्पिङ साईड निर्माण, कृषि प्रोत्साहन कार्यक्रम, सुकुम्बासी व्यवस्थापन र प्राकृतिक प्रकोप तथा दैवीक प्रकोपको क्षति नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने विषयलाई समेटेको थियो ।

    Article inline ad #2

    ज्ञापनपत्र बुझ्दै मेयर शर्मा र उपमेयर रानाले नगरका सबै समस्या समाधानमा आफु कटिबद्ध भई लाग्ने जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button