Above Article Ad
  • धनगढीमा राष्ट्रिय युवा संघ कप खुला भलिबल प्रतियोगिता हुने

    Above Article Content Ad
  • धनगढी: राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत १९ गतेदेखि २३ गतेसम्म धनगढीमा राष्ट्रिय युवा संघ कप–२०८१ भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

    प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरका अनुसार प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ। खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिन लागेको यस प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहनेछ।

    Article inline ad #1
  • प्रतियोगितामा विजयी हुने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। जसमा पहिलो स्थान: रु. २ लाख २५ हजार, दोस्रो स्थान: रु. १ लाख २५ हजार, तेस्रो स्थान: रु. ७५ हजार पुरस्कार राखिएको छ।

    Article inline ad #2

    युवा संघले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको जनाएको छ। खेलकुद मार्फत युवाहरूलाई स्वस्थ प्रतिस्पर्धामा जोड्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6